रुपन्देही / देशमा संबिधान संशोधनको माग पटक पटक उठिरहेको बेला र संशोधनको माग गर्दै बिभिन्न जातजातिको आन्दोल जारी रहेकै बेलामा अहिले प्रदेश ५ को राजधानी कहाँ हुने भन्ने बिषयमा आन्दा्ेलन शुरु भएको छ । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले प्रदेश सभामा पेश गरेको राजधानी बारेको प्रस्ताव संशोधन गर्न आग्रह गरेका छन् ।
अहिले शंकर पोखरेलले आफू मुख्यमन्त्री भएको बेलामा विज्ञहरुको सल्लाहलाई पनि पन्छाइ दिनुभयो त्यो ठिक नभएको बताउनु भयो ।
प्रदेश सभाले गठन गरेको समितिको प्रतिवेदनलाई पनि पन्छाएर मुख्यमन्त्रीले आफ्नै जिल्लामा राजधानी सार्ने जुन प्रस्ताव गर्नुभएको छ त्यो विल्कुलै अनुचित छ ।
शुक्रबार प्रदेश ५ सरकारले शुक्रबारको संसद बैठकमा पेश गरेको राजधानी दाङको देउखुरीमा सार्ने प्रस्ताव प्रति विरोध जनाउँदै अहिले नेपाली कांग्रेस रुपन्देही कडा आन्दोलन गर्दै ब्यापक प्रदर्शनमा लागेको छ । राजधानी सार्ने प्रस्ताव संसदमा टेबल भए लगत्तै कांग्रेसका कार्यकर्ताहरुले सडकमा प्रदर्शन गर्न जुटेका थिए ।

























