चितवन / माडी नगर क्षेत्रमा पहिलोपटक मेसिनबाट धान रोपाईं गर्ने भएको छ । माडि नगरपालिका माडी(८, कान्तिपुर गाउँस्थित चक्लाबन्दीमा आधारित सुर्योदय सामुहिक खेतीमा आउँदो असार १५ गते मेसिनबाट रोपाईं सुरु हुन गर्ने पहिलो काम शुरुगर्ने भएका छन् ।
धान दिवसको अवसरमा प्रादेशिक भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामासंगै उच्च सरकारी अधिकारीहरुको उपस्थितिमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलबाट धान रोप्ने मेसिनको समुद्घाटन गर्ने कार्यक्रम रहेको माडी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष कृष्णराज अधिकारीले बताएका छन् ।धान उत्पादनमा वृद्धि,आत्मनिर्भर र समृद्धि’ भन्ने नारासहित धान दिवस मनाउन आवश्यक तयारी गरिएको वडा अध्यक्षको भनाई रहेको छ।सुर्योदय कृषि सहकारी संस्थाले मेसिनबाट धान रोपाईंका लागि पहिले नै प्लास्टिक ट्रेमा धानको बीउ तयार गरेको छ । किसानले परम्परागत रुपमा राखेको बीउ मेसिनले रोप्न नसक्ने भएकाले ट्रे विधीबाट धानको बीउ राखिएको सोहि सहकारीले बताएको हो । कृषि यान्त्रिकरणमार्फत न्यून लागत र जनशक्तिबाट उच्च उत्पादन लिने नीति लिइएको सहकारीका अध्यक्ष ईन्द्र बहादुर पौडेलको भनाई रहेको छ।





















