चितवन / चितवनमा भोलि शनिबार विहानै देखि विद्युत् कटौती हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले भोलि जिल्लाभर नै विद्युत् कटौती गर्न लागेको हो ।
प्राधिकरणका अनुसार ३३ केभी पर्सा फिडर र ३३ केभी चनौली फिडर अन्तरगतका स्थानहरुमा विहान ७ बजे देखि दिउँसो १ बजे, भरतपुर १, औद्योगिक १ र हस्पिटल फिडर अन्तरगत विहान ७ बजे देखि दिउँसो १ बजेसम्म र नारायणगढ, गैंडाकोट, औद्योगिक २ फिडर अन्तरगतका क्षेत्रहरुमा विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् अवरुद्ध हुने विद्युत् प्राधिकरण भरतपुर वितरणका केन्द्रका प्रमुख सुरेश कुमार महतोले जानकारी दिए ।
भरतपुर बाइपास सडक खण्डका विद्युत् संरचना सार्ने तथा व्यवस्थापन कार्यका लागि विद्युत् कटौती गर्न लागिएको महतोले जानकारी दिए ।





















