काठमाडाैं / देशभर पछिल्लो २४ घण्टामा २ हजार ७ सय २२ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा पछिल्लो एक दिनमा हालसम्मकै धेरै ३ हजार ३ सय ७ संक्रमित डिस्चार्ज भएका छन्।
आजको पिसिआर १४ हजार ७ सय ३९ हेको प्रवक्ता प्राडा जागेश्वर गाैतमले जानकारी दिए।
त्यस्तै कोरोना संक्रमणले काठमाडौं उपत्यकालाई विस्तारै जटिल मोडतर्फ लगेको छ। पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंका तीन जिल्लामा मात्रै १ हजार ६ सय ३८ जना नयाँ संक्रमित भेटिएका छन्। प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा १२ सय ८० जना, ललितपुरमा १६२ जना र भक्तपुरमा १९६ जना नयाँ संक्रमित थपिएका हुन्।
हाल देशभर २१ हजार २ सय ३४ सक्रिय संक्रमित रहेका छन्। त्यस्तै ७३ दशमलव ६ प्रतिशत संक्रमित हालसम्म डिस्चार्ज भएका छन्।
पछिल्लो एक दिनमा काठमाडाैंमा मात्रै १ हजार २ सय ८० कोरोना संक्रमित थपिएका छन्। त्यस्तै भक्तपुरमा १ सय ९६ र ललितपुरमा १ सय ६२ जना संक्रमित गरी १ हजार ६ सय ३८ जना थपिएका छन्।





















