काठमाडौं / प्रदेश ५ सरकारले स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा दर्ता गरेको छ ।
यस अघि शुक्रबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव पारित गरेको मन्त्री केसीले बताए ।
दाङको देउखुरीलाई केन्द्रमा राखेर गढवा र राप्ती गाउँपालिका तथा अर्घाखाँची शितगंगा नगरपालिकालाई पनि राजधानीमा जोड्ने प्रस्ताव मन्त्री केसीले प्रदेश सभामा प्रस्तुत गरेका हुन् । नेपालको संविधानले प्रदेश राजधानी र प्रदेशको नाम तोक्ने अधिकार प्रदेश सभालाई दिएको छ ।





















