काठमाडौं / सरकारले पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका पूर्व मुख्य आर्थिक सल्लाहाकार युवराज खतिवडालाई अमेरिका सहित अन्य ६ देशको लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषदको बैठकले खतिवडालाई अमेरिकाका लागि आवासीय र अमेरिकाको अलावा पनामा, कोष्टारिका, मेक्सिको, आल्साबाडोर, होन्डुरस र ग्वान्टेमालका लागि राजदूतमा नियुक्तिका लागि सिफारिस गरिएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।





















