गोरखा/ सिरानचोक गाउँपालिकामा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि सिरानचोक गाउँपालिकाले आज देखि सेवा बन्द गरेको छ ।
प्रमुख प्रशासकिय अधिकृत राजन भट्टराईले हिजो बुधवार सुचना जारी गर्दै कर्मचारीलाई कोरोना देखिएकाले एक साताको लागि गाउँपालिकाको सबै सेवा बन्द गरिएको जानकारी दिए ।
२९ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । प्रहरी र कर्मचारी सहित बुधवार गोरखामा पाँच जना पुरुषमा संक्रमण पुष्टि भएको थियो ।





















