चितवन / चितवनका पत्रकार नारायण प्रसाद अधिकारीलाई कोरोना भाइरस संक्रमण भएको छ । चितवन मेडिकल कलेजमा आज (बुधबार) गरिएको परीक्षणमा पत्रकार अधिकारीमा संक्रमण पुष्टि भएको हो ।
पत्रकार अधिकारी नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष, नेपाल प्रेस युनियन चितवनका निवर्तमान अध्यक्ष हुनुहुन्छ । उहाँ राष्ट्रिय समाचार समिति (रासस)का चितवन प्रमुख समेत हुनुहुन्छ ।
उहाँका धर्मपत्नीमा संक्रमण पुष्टि भएपछि पत्रकार अधिकारीले पनि स्वाब दिनु भएको थियो । चितवन मेडिकल कलेजमा भएको परीक्षणमा उहाँको कोरोना रिपोर्ट पोजिटिभ आएको छ । पत्रकार अधिकारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।





















