काठमाडौं / पछिल्लो २४ घण्टामा देशभर संक्रमित १ हजार ५ सय ५९ थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा बुधबार प्रवक्ता डा जागेश्वर गौतमले बताए अनुसार देशभरबाट १ हजार ५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
आजको पिसिआर १२ हजार २ सय ५ रहेको र हाल संस्थागत आइसोलेसनमा १० हजार ८७ रहेका छन्। त्यस्तै क्वारेन्टाइनमा ५ हजार ४ सय २८ रहनेको संख्या छ। देशभरबाट हालसम्म कोरोना ७२ दशमलव ५ प्रतिशत संक्रमित कोरोनामुक्त भइसकेका गौतमले बताए।
आज काठमाडाैं उपत्यकामै ९ सय २ संक्रमित थपिएका छन्। जसअनुसार काठमाडाैंमा मात्र ६ सय ९७ जना संक्रमित थपिएका गाैतमले बताए। त्यस्तै भक्तपुरमा ९३ जना र ललितपुरमा १ सय १२ जनामा संक्रमण पुष्टि भएको हो।





















