काठमाडौं / पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी,नेपालका नेता बाबुराम भट्टराईले खुलामञ्चमा पुगेर खाना बाँडेका छन्। बुधबार बिहान भट्टराईसँगै पत्नी हिसिला यमी पनि खुलामञ्च पुगेर खाना बाँडेका थिए ।
राजधानीको खुलामञ्चमा केही समयदेखि हाम्रो टिम नेपाल, मानवी क्रियटिभ एसोसियसन, गसिप क्वीन र हाम्रो सानो प्रयास संस्थाले लकडाउन र निषेधाज्ञाका कारण रोजीरोटी गुमाएर खान नपाएकाहरूलाई खाना खुवाउँदै आएका छन्।
सामाजिक सञ्जालमार्फत कोरोना कहरमा परेका सर्वसाधरणलाई सरकारले वेवास्ता गरेको आरोप लगाउँदै आएका उनी सर्वसधारणलाई खाना पस्केर खुवाएपछि अहिले जताततै प्रसंशा भइरहेको छ ।






















