रौतहट / रौतहटमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
चन्द्रपुर नगरपालिका–६ का २७ वर्षीय संगम भण्डारीको बाघको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले जानकारी दिए ।भण्डारीको कम्मरभन्दा तलको भाग बाघले खाएको अवस्थामा बुधबार जंगलमा फेला परेको डीएसपी शाहीले जानकारी दिए ।
भण्डारी मंगलबार दिउँसो घाँस लिन जंगल गएका थिए । राति अबेर सम्म नफर्केपछि खोज्न गएका अन्य दुईजनालाई पनि बाघले आक्रमण गरेको थियो ।





















