चितवन / चितवनको भरपुरस्थित सिजी ल्यान्डमार्कका व्यवसायीहरुले ग्राहकहरुको अनुरोधमा उच्च सावधानी अपनाएर सेवा दिन थालेका छन् । अत्याधुनिक सपिङ्ग मल सिजी ल्यान्डमार्कमा व्यवसायीले उच्च सावधानीका साथ ब्रान्ड लोयल ग्राहकलाई सामान उपलब्ध गराउन थालेका हुन् ।
जिल्लामा ब्रान्डेड सामानहरु अन्यत्र नपाइने हुँदा ब्रान्ड लोयल उपभोक्ताका लागि पर्याप्त सुरक्षा सावधानी अपनाएर सामान उपलब्ध गराउन थालेको मलमा पसल सञ्चालन गरिरहेका व्यवसायी विदुर पौडेलले बताए ।
सरकारले अन्यत्र व्यवसाय गर्न अनुमति दिए पनि सपिङ्ग मल खोल्न अनुमति नदिएको र यस्तो अवस्थामा ब्रान्ड लोयल ग्राहकका लागि विशेष व्यवस्था गरिएको पौडेलले जानकारी दिए ।
ल्यान्डमार्कमा दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सामान लिन सक्ने व्यवस्था मिलाएको छ । मल म्यानेजर उज्ज्वल केसी मलले व्यवसायीले सीमित समय पसल खोलेर ग्राहकलाई आवश्यक सामान उपलब्ध गराउन चाहेपछि आफूहरुले सहजीकरण गरेको बताए ।
सामाजिक दुरी, मास्क, स्यानिटाइजर जस्ता सुरक्षा सामग्रीको लगायत स्वास्थ्य सुरक्षासम्बन्धी अन्य मापदण्ड पूरा गरेरनगरेको विषयलाई मल व्यवस्थापनले सुरक्षाकर्मी र सिसी क्यामेरामार्फत सूक्ष्म रुपमा निगरानी गरिरहेको म्यानेजर केसीले जानकारी दिए । केसीले भने यो अप्ठेरो अवस्थामा ग्राहकको आवश्यकता पनि परिपूर्ति गर्नुपरेको छ, संक्रमणबाट पनि बच्नुरबच्चाउनु छ, त्यसकारण हामीले मलमा व्यवस्था गरिएको संयन्त्रमार्फत सूक्ष्म रुपमा निगरानी गरिहेका छौं । के सि का अनुसार डब्लुएचओ र सरकारका सक्षम निकायले तोकेको प्रोटोकल विपरीतको काम नहुने र मल व्यवस्थापनले सामाजिक दुरीको लागि मार्किब, स्यानिटाइजर र साबुन पानीको व्यवस्था गरेको छ । साथै मलका रेलिब लगायत छोइने वस्तुहरुलाई नियमित रुपमा निःसंक्रमित गर्ने गरेको छ ।
व्यवसायी रोशन तिवारीले पुलचोकका सञ्जय खड्का ब्रान्डेड सामानका पसल खुलेपछि केही राहत मिलेको बताउँछन् । २०७६ चैत्र ११ गतेबाट भएको लकडाउनले मारमा परेका व्यवसायीहरुले ग्राहकको विशेष अनुरोध र टेलिफोन कल आएको हुनाले उक्त मलमा कोभिड –१९ सम्बन्धी सम्पूर्ण सुरक्षाको सावधानी अपनाएर पसल खोली सेवा दिन थालेको हो ।





















