काठमाडौं ÷ नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५९३ संक्रमित थपिएका हुन् । देशभर रसुवाबाहेकका ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
कुल कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ ।हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि दुई हजार ६९८ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ४८ डिस्चार्ज भएका छन् । जसमा ८ महिला र ४० पुरुष रहेका छन् । हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । देशभर हालसम्म दुई लाख ६ हजार २७१ जनाको पीसीआर परीक्षण गरिएको छ भने दुई लाख ९० हजार ३४९ जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ५३४ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका विभिन्न क्वारेन्टिनमा ७१ हजार १२ मानिसहरु रहेका छन् भने आइसोलसनमा ९ हजार ३० कोरोना संक्रमितहरु रहेका छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुग्यो
नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुग्यो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















