मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । सभा–समारोहमा मान पुरस्कार प्राप्त हुनेछ । बोली र व्यक्तित्नको प्रभाव बलियो बन्नेछ । धन सम्पत्ति पद महत्व बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।आरोग्यता बढ्ला । विकासको नयाँ सम्भावना देखापर्ला ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँ सफलता प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । सुख आनन्द प्राप्त होला । मिठो भोजन मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ । नयाँ कार्य र नयाँ दायित्वको लागि राम्रो दिन छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) मिठो भोजन प्राप्त होला । शुभ काममा आकर्षण बढ्नेछ । यात्रा हुने र सुख समृद्धि बढ्ने सम्भावना रहनेछ । आरोग्यता बढ्ला । आयात–निर्यातसित सम्बन्धित काम बन्ला । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्ला । विकासको नयाँ सम्भावना देखापर्नेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खेलकुद भ्रमणमा आकर्षण बढ्ला । हांसविलासमा रुचि बढ्ला । समस्याको समाधान मिल्नेछ । कार्यव्यापारमा सफलता मिल्नेछ । जोखिममा नपर्नु बेस होला ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आय वर्द्धक कार्य बन्नेछ । उन्नति पदोन्नति हुनेछ । हाकिमको साथ प्राप्त होला । आर्थिक र बौद्धिक प्रगति होला । रसरागमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । वार्तामा सफलता मिल्नेछ । प्रतिरोधात्मक क्षमता बढ्ला । सभा–समारोहमा मान पुरस्कार भेट्नेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) यात्रापरक काममा रुचि बढ्ला । उन्नति–पदोन्नति हुनेछ । सुख आनन्द बढ्ला । मान महत्त्व यश धनसम्पत्तिमा वृद्धि हुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । भाग्योदय होला । मनोकूलको काम बन्ला ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आयमूलक कर्ममा रुचि बढ्नेछ । शुभ काममा सफलता मिल्नेछ । शैक्षिक, बौद्धिक, साहित्यीक, रचनात्मक आदि कार्यमा सफलता मिल्नेछ । आयात–निर्यातसित सम्बन्धित काम बन्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) रोकिएको काम बन्ला । नयाँ काममा उत्साहजनक सफलता मिल्नेछ । व्यस्तता बढ्नेछ । समयबाट बढि फाइदा लिनु हितकर रहला । राजकाजमा सफलता मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । विवाद आदिमा नपर्नु हितकर रहला । अरुको भर नपर्नु बेस होला ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समयले साथ दिनेछ । कार्य क्षेत्रमा सफलता मिल्नेछ । यश वर्चश्व वृद्धि हुनेछ । उन्नति–पदोन्नति हुनेछ । पारिवारिक कार्यमा सफलता मिल्नेछ । श्रेष्ठ व्यक्तिको साथ मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्ला । नयाँ दायित्व पाउनुहुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साहसिक काममा सफलता प्राप्त हुनेछ । इष्टमित्र सन्तान सुख मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । सफलता मिल्नेछ । शुभ समाचार मिल्नेछ । मान–महत्व बढ्ला । सुख आनन्दमा वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) खेलकुद भ्रमणमा आकर्षण बढ्ला । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्नुको साथै आर्थिक कार्यमा पनि सफलता पाउनु हुनेछ । आँट उत्साह बढ्ला । सुख समृद्धि बढ्ला । धैर्यले काम लिनु हितकर रहला । हाँसविलासमा आकर्षण होला । यात्रामा सफलता मिल्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) विकासको नयाँ सम्भावना देखापर्नेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ । आरोग्यता बढ्ला । मान महत्त्वमा वृद्धि हुनेछ । आशा उत्साह जाग्नेछ । आँट साहस बढ्नेछ ।





















