काठमाडौं / प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक सम्पन्न भयो ।
आज मन्त्रीपरिषद् बैठकले नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा.दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
त्यस्तै आजको बैठकले नेपाल र इजरायलबीच हुने विभिन्न सम्झौतामा हस्ताक्षर गर्नका लागि इजरायलका लागि नेपाली राजदूत डा. अन्जन शाक्यलाई अधिकार दिने निर्णय समेत गरेको छ ।





















