काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यो कुरा बताएका हुन्। आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेको छ।
मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ८ हजार २१३ जना रहेका छन्। पछिल्लो २४ घण्टामा १२ हजार २ सय ६२ पिसिआर परीक्षण भएको छ। मन्त्रालयका प्रवक्ता गौतमका अनुसार हालसम्म सरकारले ८ लाख ६ हजार ८१८५ पिसिआर परीक्षण गरेको छ। पछिल्लो २४ घण्टामा ६ हजार ८ सय ४६४ जना मानिस क्वारेन्टाइनमा छन्।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६४५ जना कोरोना भाइरस पुष्टि भएको छ । गौतमका अनुसार काठमाडौँमा ५०३, भक्तपुरमा ५१ र ललितपुरमा ९१ गरी ६४५ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल सम्म देशभरबाट ५१ हजार ८६६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन्।





















