काठमाडौं / प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले स्वैच्छिक रूपमा शुक्रबार प्रेस काउन्सिल बोर्ड बैठक समक्ष राजीनामा दिएको श्रोतले जनाएको हो ।
कार्यवाहक अध्यक्ष पदबाट राजीनामा दिए पनि श्रेष्ठ काउन्सिल सदस्यको पदमा भने कायमै रहने छन् । उनको पदावधि यही १२ असोजमा सकिँदैछ ।
‘प्रेस काउन्सिल कार्यवाहक अध्यक्षको जिम्मेवारीबाट आज मैले बोर्ड समक्ष राजीनामा पेश गरेको छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बोर्डले आजै ऐन, कार्यविधि, नजिर र सर्वोच्च अदालतको आदेश र संस्थागत स्वायत्तताको सम्मान गर्दै नयाँ जिम्मेवारीमा वरिष्ठ सदस्य गोपाल बुढाथोकीलाई सर्वसम्मत चयन गरेको छ ।’





















