मलाई फूल नबनेर काँडा नै बन्ने मन छ
किनकी यहाँ फूललाई बिक्री गर्ने चलन छ
मेरै आँसु पिईरहेकोछ पीडाले बर्षौ देखी
मेरै दिल काट्कुट पारी बनाएको सितन छ
बाटोले ननिल् भन्दा-भन्दै पोहर निलेको हो
अब बाटोकै पेट भित्र मेरै घरको आँगन छ
आमाको सबथोक लिएर बा परलोक गए
लाग्छ अब लैजान बाँकी एकपलको धड्कन छ
तिम्रो सुन्दर परिवारको सदस्य बन्न पाऊँ
उनले यस्तै लेखी पठाएको म सँग निवेदन छ ।
वसन्त ओली वसन्ती
दुन्द्रा, दाङ





















