बन्धकीमा मैले भए जतिको जमिन राखेर।
अग्लो घर बनाउँदैछु दुबैतिर दलिन राखेर।
हत्केलामा भाग्य र निधारमा कर्म भएपछि।
केही हुँदैन यी शत्रुले छातीमा संगीन राखेर।
आमाले रोग होइन मनसंग हार खाइसक्नु भो।
कसरी सकिएला अस्पतालमा हरदिन राखेर ?
बाँच्न सक्नुपर्छ बद्लिएको विश्व हेर्नलाई त
देख्न पाइन्छ संसार आँखामाथि दुर्विन राखेर।
बनाउनेले त मेरो दिल अचानो बनाएका छन्
थाहै नदिई यो मुटुमा मायाको मेसिन राखेर।।
पुष्प अधिकारी अञ्जलि
भरतपुर, चितवन





















