चितवन / देशैभरि अस्ति ६ गते राति देखि नै निरन्तर वर्षा भएपछि नारायणीको बहाब बढ्दै गएको हो । नदीको पानीले सतर्कता तह पार गरेको छ ।
नारायणी नदीको पुल र देवघाट दुवै क्षेत्रमा सतर्कता तह पार गरेको जल तथा मौसम विभागले बताएको छ ।
पुल तर्फ नारायणी नदीमा पानीको सहत ११. २३ मिटर पुगेको छ । यहाँ ११ मिटर सतह पुगेमा सतर्कता तह नाघेको मानिन्छ । यस्तै देवघाट क्षेत्रतर्फ पानीको सतह ७.९ मिटर पुगेको छ । जबकी ७.३ मिटर सतर्कता तह मानिन्छ ।
चितवनमा निरन्तर पानी परिरहेको छ । निरन्तर वर्षाको पानी संगै बाढीको संभावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई जिल्ला प्रशासन चितवनले सतर्क रहन अनुरोध गरेको छ ।





















