समयले घाउ दिन्छ उसैले भरिदिन्छ
तैपनि कहिँ न कहिँ त खत बसिदिन्छ
मन मुस्किलले बनेको अस्थायी घर हो
एक फुकाइमा सजिलैसँग ढलिदिन्छ
नेपथ्यमा रमाइ रहेछु तिम्रो खुशी हेर्दै
हेरौं कहिलेसम्म यो मुटुले सहिदिन्छ
भेट्यौ भर्खरै मेरा एक दुई भुलहरु
तिम्रा सयौं गल्तीहरु कसले गनिदिन्छ
जिन्दगीसँग मात्र एउटा भिख मागेकी हुँ
दया गरे बापत चोट पनि कति दिन्छ !





















