मान्छे बाट मान्छे नै, डराउन थालेको छ,
मानवता आहत भई, कराउन थालेको छ ।।
साच्चै नै तेरै हो र, बिश्वको इलाका सबै,
कमजोरको टेक्ने माटो हराउन थालेको छ ।।
कित्ता कित्ता बाटिरैछौ,मान्छे पिच्छे जातहरु,
निचताको पराकाष्ठा अति, गराउन थालेको छ ।।
रगतको झै बनाउदै छौ फरक फरक समूह,
मान्छे हैन नरभक्षी पनमा, झराउन थालेको छ ।।
होस् गर जे छ र्छौ तेहि बिज बनेर उम्रीन्छ,
मान्छेले मान्छे कै खुनको नदि तराउन थालेको छ ।।
गजलकार अलख निरन्जन लाेहार
टीकापुर ,कैलाली
हाल , भारत





















