काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यदि सक्रिय संक्रमितको संख्या २५ हजार पुगेको खण्डमा लकडाउन गर्न सरकारलाई सिफारिस गरेको छ । अहिले १७ हजार सक्रिय संक्रमित छन्।
कोरोना संक्रमण दर तीव्र गतिमा बढेको निचोड सहित फेरि एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरेको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बिहान बसेको बैठकले फेरि एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरिएको प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन्।
‘कोरोना संक्रमण दर तीव्र गतिमा बढेकोले सबै सेवा र व्यवसाय एक महिना नखोल्ने गरी मन्त्रालय अन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सिफारिस गरेको छ’, गौतमले भने, ‘अवस्था जटिल बन्दै गएकाले यस्तो सिफारिस गरिएको हो।
‘कुनै दिन २५ हजार सक्रिय संक्रमित भएमा फेरि बन्दा बन्दी गर्ने गरी सिफारिस भएको छ’, गौतमले भने,।





















