चितवन / हिजो मंगलबार रातिदेखि परेको निरन्तर वर्षा सँगै नारायणी नदीमा बाढीको जोखिम बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।आज रातिबाट नारायणी र कालीगण्डकीमा बहाव उच्च हुने तथा भोलि बिहीबार खतरा आसपास पुग्न सक्ने भएकोले उच्च सतर्कता अपनाउन भनिएको हो ।
जल तथा मौसम विभागले भनेको छ , ‘सबै प्रदेशका थोरै थोरै स्थानमा भारी वर्षा साथै प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ र कर्णाली प्रदेशका १/ २ स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’
त्यस्तै बाढी पूर्वानुमान महाशाखाले आगामी ३ दिन देशभरका नदीमा बाढी आउन सक्ने भन्दै नदी आसपासका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ । नारायणी नदीमा पानीको सतह बढेमा चितवन, नवलपुर र नवलपरासीका विभिन्न तटीय क्षेत्रका बासिन्दाको जनजीवन प्रभावित गर्दछ ।अहिले चितवन लगायत धेरै ठाउँमा पानि परिरहेको छ ।
फाइल फोटो





















