अभिमान हैन स्वाभिमान हुन पर्छ नारी
अन्याय विरुद्धको पहिचान हुन पर्छ नारी ।।
छाडा दुनियाँ भित्रको सारा सम्बन्ध तोडेर
आफ्नै अस्तित्वमा बलवान् हुन पर्छ नारी ।।
कुविचार कुसंस्कार सवै भन्दा माथी उठेर,
उन्नत समाजको उच्च उडान हुनपर्छ नारी ।।
खराब कार्य गर्नेहरुको विरुद्धमा उभिएर,
सहि मार्ग दिने संविधान हुन पर्छ नारी ।।
बिग्रन सक्छन् मान्छेहरु परिवार बिना,
सुधार्न नवयूगको विज्ञान हुन पर्छ नारी ।।





















