गोरखा / जिल्ला प्रहरी कार्यालय गोरखाले दुई महिनाको अवधीमा ३९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत गोरखाबाट बिभिन्न मितिमा, बिभिन्न खाले अपराधमा संलग्न रहेकाहरुलाई पक्राउ गरी सजायँ भुक्तान्तका लागि अदालत पेश गरिएको एस पी सुरेन्द्र गुरुङले बताए ।
मंगलवार पालुङटार नगरपालिका ३ बस्ने ३३ वर्षिय अर्जुन सिर्मललाई पक्राउ गरेको प्रहरीले जनाएको छ । चोरी मुद्धामा तीन हजार जरिवाना सजायँ तोकिएका सिर्मल फरार रहेका थिए । उनलाई घरबाटै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
‘अहिले सम्म ३९ जना पक्राउ परेका छन्’ गुरुङले भने ‘हामीले यो अभियानलाई निरन्तरता दिएका छौँ, जिल्लाको मातहतमा रहेका चौकी पनि लागिरहेका छन्, यो संख्या अझै बढ्छ ।’ अदालतबाट मुद्धा फैसला भएपछि सजायँ भुक्तान नगरी अदालतको आदेशलाई अटेरी गर्नेहरुलाई प्रहरीले धमाधम पक्राउ गरेको हो ।





















