काठमाडौँ / नेपालमा पहिलोपटक कोरोना भाइरस संक्रमणबाट नेपाली सेनामा कार्यरत एक जना जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा रामेछापका ३४ वर्षीय सैनिक जवान रहेका छन् ।
नेपाली सेनाका अनुसार उनी काठमाडौँ उपत्यकामा कार्यरत थिए । बिगत लामो समयदेखि ब्लड क्यान्सरका बिरामी रहेका ती जवानको भदौ २९ गते मृत्यु भएको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार मृत्युपछि असोज १ गते उनमा कोरोना पोजेटिभ भएको देखिएको हो यसअघि अहिलेसम्म कुनै पनि सुरक्षा निकायका कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु भएको थिएन ।
हालसम्म नेपाली सेनाका २ हजार ५६ जनामा कोरोना संक्रमण भएको छ ।





















