काठमाडौं / सरकारले संविधान दिवसका अवसरमा ५९४ जनालाई विभिन्न मानपदवीले सम्मान गर्ने भएको छ। विभिन्न क्षेत्रका ५९४ जनालाई अलंकार र पदकबाट सम्मान गर्ने भएको हो ।
सम्मान गरिने व्यक्तिको सूचि सरकारले सार्वजनिक गरेको हो। सो सूचि अनुसार ४५३ जनालाई मानपदवी, ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिने छ।
राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमान राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ।
यो वर्ष नेपाल रत्न कसैलाई पनि दिइएको छैन । संविधान दिवसमा नेपाल रत्नसहित राष्ट्र गौरव, राष्ट्रद्वीप, जनसेवाश्रीमा प्रथम, द्वितीय, तृतीय र चौथो प्रदान गरिन्छ । तर यो वर्ष नेपाल रत्न कसैलाई पनि प्रदान नगरिने भएको छ ।
सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम) बाट वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सम्मान गरिने भएको छ ।





















