काठमाडौँ / असोज ५ देखि निजी वायु सेवा कम्पनीहरूले पूर्ण क्षमताका साथ उडान सुचारु गर्ने भएका छन्।
पर्यटन सचिव सचिव केदार बहादुर अधिकारीले उपलब्ध यात्रु बोक्न पाउने गरी उडान भर्न वायु सेवा संचालकलाई अनुमति प्रदान गरिएको बताए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार पूर्ण क्षमतामा आन्तरिक उडान संचालन गर्न अनुमति दिने निर्णय गरेको हो। शुक्रबार मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेख्दै असोज ५ गते देखि नियमित उडान गर्न भनेको अधिकारीले बताए ।





















