काठमाडौँ / नेपालमा कोरोना संक्रमण दर बढ्दै गएको छ । त्यही क्रममा नेपालमा आज सम्मकै धेरै २ हजार २० नयाँ संक्रमित फेला परेका छन् ।
आज २ हजार २० नयाँ संक्रमित फेला परे संगै कुल कोरोना संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले जनाए अनुसार हाल १७ हजार ३ सय ८३ सक्रिय संक्रमित रहेका छन् ।
आज होम आइसोलेसनमा ८ हजार ८८ छन् भने क्वारेन्टाइनमा ७ हजार ७ सय ३६ जना अझै बसिरहेका छन्। साथै आज संस्थागत आइसोलेसनमा ९ हजार २ सय दुई ९५ जना रहेका पनि उनले बताए।
पछिल्लो २४ घन्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र ५ पुरुषको ज्यान गएको हो।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेहरूमा मोरङका ६६ वर्षका २, काठमाडौंका ८४ वर्षका, भक्तपुरका ८२ वर्षका, नवलपरासीका ३१ वर्षका पुरुष छन्। यस्तै, काठमाडौंकै ८४ वर्ष र ललितपुरमा ६६ वर्षका गरि २ महिलाको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यो संख्यासँग नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय ९० पुगेको छ।





















