“तिमिलाइ कसरी भनु मेरो माया कति छ भनेर” अति नै मिठो मेलोडियस गीत चाँडै नै यहाँहरु माझ आउदै छ। यस गीतमा कलाकार मौसमी खानल र माधव शर्मा अनुबन्धित हुनु भएको छ । अति नै आशा लाग्दो गीत समधुर श्वरकि धनी गायिका मेलिना राईले गाएकी छिन, भने सि एल शर्माको सङ्गीत र राज केपि को शब्द रहेको छ ।
यो गीत काठमाडौ र पोखराका सुन्दर स्थालहरुमा छायाँङ्कन हुने निर्माण पक्षले जानकारी दिएको छ। यस गीतलाई बिरेन्द्र धामीले छायाँङ्कन गर्ने छन् भने निर्देशन राज केपि गर्दै छन् । यस गितको निर्माण तथा बजार ब्यवस्थापन बुद्ध कृयशन प्रा. लि. ले गर्ने निर्देशक राज केपिले जानकारी दिनुभयो ।
Watch Lyrical Video:





















