काठमाडौं / नेपालमा एक हजार २४६ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन्।
जसमा काठमाडाैंमा मात्रै ५ सय ७ जना, ललितपुरमा ६१ र भक्तपुरमा ५० जना थपिएका छन्। काठमाडाैंमा उपत्यकामा थपिएका मध्ये ३ सय ४३ पुरुष छन् त्यस्तै भक्तपुरमा थपिएका संक्रमित मध्ये २९ महिलामा छन्। त्यसैगरी ललितपुरमा थपिएकामध्ये ३१ महिला र ३० पुरुष छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएको १० हजार ६४१ जनाको पीसीआर परीक्षणबाट उक्त संक्रमित थपिएका हुन्। यो सँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ५९ हजार ५७३ पुगेको छ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४१ छ भने ७ हजार ८८३ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत जनाएको छ ।





















