काठमाडौं / नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले बुधबार राती १२ बजेदेखि लागू हुने गरी एक / एक रुपैयाँ मूल्य घटाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।
उनले भने, पेट्रोल, हवाई ईन्धन तथा एलपी ग्यासको मूल्य यथावत राख्द्रै डिजेल र मट्टितेलको मात्रे मूल्य घटेको हो ।नयाँ मूल्य सूचीअनुसार डिजेल र मट्टितेलको बिक्री मूल्य निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्र प्रति लिटर ९० रुपैयाँ तोकिएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्य सूचीअनुसार समायोजन गरिएको निगमका प्रवक्ता उपाध्यायले जानकारी दिए ।





















