नारी तिमी श्रद्धेय ,आमा बन्न सिक ,
प्रत्येक सन्तानको मार्गदर्शन भएर रहन सिक ।
नारी तिमी पुरुषको सहभागी बन्न सिक,
एक रथ दुई पाङ्गा भएर, जिउन सिक ।
नारी तिमी एक मैन हौं ,
जो जुन बेला पनि पग्लन सक्छ ।
कसैको बहकाउमा त, कसैको मायामा ,
यत्रतत्र छचल्किएर पोखिन सक्छ ।
नारी तिमी संयमित भएर बाँच ,
आफ्नो अस्मितालाई जोगाएर राख ।
तिमि सुनगाभा फूल हौ ,
यस्को बास्नालाई साँचेर राख ।
नारी तिमी एक आगोको ज्वाला हौं ,
कुनै बेला पनि दन्किन सक्छ ।
तिमि अनियन्त्रित भेल हौं ,
वरपर किनारालाई बगाउन सक्छ ,
त्यसैले तिमि नियन्त्रित भएर रहन सिक ।
निर्भिक र निश्चिल भएर,
उकाली ओराली , बार लगाउँदै ,
कठिन यात्रा , झेल्न सिक ।





















