चितवन / चितवनको जारी निषेधाज्ञा आज सकिदैछ । जिल्ला प्रशासन कार्यालय चितवनले भोलिदेखि केही हेरफेर गरि निषेधाज्ञा खुकुलो बनाउने प्रशासनको तयारी छ ।
भोली असोज १ गतेदेखि लागु हुनेगरी जिल्ला प्रशासन कार्यालय चितवनले नयाँ आदेश जारी गर्ने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले जानकारी दिनुभयो ।
भट्टराइले भोली देखि निजी सवारी साधान जोर विजोेर प्रणालीमा संचालन गर्न दिने तयारीमा रहेको बताउनुभयो । चितवनमा सार्वजानिक सवारी साधन सञ्चालनका बिषयमा के गर्ने भन्ने बिषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।
यस्तै अतीआवश्यक भन्दा बाहेकका पसललाई विहान १० बजेदेखि ५ वजेसम्म खोल्न मिल्नेगरी निर्णय गर्दैछौं ,भट्टराइले भन्नुभयो ।





















