काठमाडौं / कोरोना भाइरसको संक्रमण देखिएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार थालिएको छ ।
कोरोना भाइरसको संक्रमण देखिएपछि घरमै आइसोलेसनमा रहेका कोइरालाई अचानक ज्वारो आएपछि सोमबार राति चाबहिलस्थित ऊँ अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरिएका कोइरालामा निमोनियाको लक्षण देखिएपछि आईसीयूमा राखेर उपचार थालिएको हो ।
डा. कोइरालाको उपचारमा ऊँ अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाको नेतृत्वमा डा. सागर ढकाल, डा. प्रमेश सुन्दर श्रेष्ठ लगायतको टीम संलग्न रहेको प्रबन्ध सञ्चालक कार्कीले जानकारी दिएका छन् ।
ऊँ अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले अहिले कोइरालाको अवस्था स्थीर रहेको बताएका छन् ।





















