काठमाडौं / काठमाडौंमा अहिले बिहानै भुकम्पको धक्का महशुस गरिएको छ । बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोको राम्चे केन्द्रविन्दु भएको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाले जानकारी दिईन् ।
उनले भुकम्पको नेपालमा ६ म्याग्निच्यूड मापन गरिएको पनि जानकारी दिएकी छन् ।
सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गए पनि काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा यसको धक्का महसुस गरिएको थियो ।
काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएपछि मानिसहरु सडकमा निस्किएका थिए । राष्ट्रिय भूकम्प केन्द्रका अनुसार यो २०७२ सालको गोरखा भूकम्पकै पराकम्प हो । भूकम्पको धक्का मकवानपुर,स्याङ्जा, चितवन लगायत देशका अरू भागमा पनि महशुस गरिएको थियो। भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी भने प्राप्त भएको छैन ।





















