मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ । व्यापार व्यावसायमा आम्दानि बढाउन निकै नै समय खर्चनु पर्नेछ । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । मनोरञ्जनमा सहभागी भइएला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) धार्मिक यात्राको योग र दैनिक कार्यमा प्रगति हुनेछ । स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,विश्वास जित्नै अघि बढ्न सकिने छ । । गाएन तथा संगितको क्षेत्रमा लागि नाम कमाउनेहरुका लागि नया नयाँ अवसर आउनेछ ।स्वादिष्ट भोजन पाईनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ । पैत्रिक सम्पतिको प्रयोग गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,विश्वास जित्नै अघि बढ्न सकिने छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ काम पाउने तथा नोकरिमा पदोन्नति हुने समय रहेको छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,लगानी बढाउँदा व्यवसायबाट लाभ मिल्न सक्छ । आफ्नै बलबुताले व्यापार व्यावसायमा लागनी गरि धन सम्पति संग्रह गर्न सकिनेछ ।दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेममा मधुरता छाउनेछ ।आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,लगानी बढाउँदा व्यवसायबाट लाभ मिल्न सक्छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्,विगतको श्रमबाट भने लाभ हुनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ, शुभ कुराको सङ्केत मिल्नेछ । राजनिति तथा समाजसेवामा प्रशस्त समय खर्चिएपनि उपलब्धी न्युन हुनेछ । तार्किक क्षमतामा बृद्धि भएर जानेछ भने सम्मानका साथ आम्दानि बढाउन सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कृषी कार्यमा सफलता मिल्नेछ । आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, पठन–पाठनमा प्रगति हुनेछ । राजनीति तथा कल्याणकारि कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । पारिवारिक माहोलमा जमघट भई मिठो मसिनो खाने अवसर जुर्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।समाजमा गुमेको साख फिर्ता हुनुको साथै आफ्नो बर्चस्व बढाउन सकिनेछ । बिगतका कमजोरीहरुलाई सुधार गर्दै सफलताको मार्गमा पढाई बढ्न सकिनेछ । लेखाइमा भनेजस्तो सफलता हात पार्न सकिने हुँदा आफन्त तथा साथिभाइहरुबाट बधाईको ओईरो आउनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईका सहभागिता उच्च स्तरको रहनेछ । पढाइ लेखाइ बिद्यार्थिहरुले राम्रो प्रगति गर्ने समय रहेको छ । धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्ने छ भने, मन्दिर तथा धार्मिक प्रतिष्ठान तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) रमणीय र सुखद् यात्राको योग छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । नयाँ कामको थालनी हुनेछ । काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य विस्तारै अघी बढ्नेछ । सामान्य काममा अल्झने समय रहेकोछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ ।





















