चितवन / जिपी कोईराला अध्यन केन्द्र चितवन शाखाको अध्यक्षमा पुष्कर अधिकारी नियुक्त हुनु भएको छ । जिपी कोईराला अध्ययन केन्द्रले मंगलबार चितवन शाखाको अध्यक्षमा अधिकारीलाई नियुक्त गरेको हो ।
नेपाली जनसमुदायलाई समुन्नत बाटोमा लैजानका निमित्त स्थापित जिपी कोईराला अध्ययन केन्द्रले आफ्नो शाखा बिस्तार गर्ने क्रममा चितवनमा अधिकारीलाई नियुक्त गरेको जनाएको छ ।
साथै अध्ययन केन्द्रले अधिकारीलाई दिईएको जिम्मेवारी संस्थाको विधि विधान अनुरुप रहि काम र सेवा गर्नेमा विश्वास लिएको छ ।





















