काठमाडौं / सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पुनः नियुक्ति हुनेमा आफू विश्वस्त रहेको बताएका छन्। प्राधिकरणका निर्देशक घिसिङको पदावधि आइतबार सकिएको छ।
उनले सामाजिक सञ्जाल ट्विटरमार्फत घिसिङको पुन: नियुक्ति हुनेमा विश्वस्त रहेको बताएका हुन्। आइतबारबाट उनको पदावधि सकिएको भए पनि पुन: नियुक्ति हुनेमा विश्वस्त रहेको प्रवक्ता श्रेष्ठले बताएका छन्।
घिसिङले नेपालको ऊर्जा क्षेत्रमा पुरर्याएको योगदान कहिल्यै जनताले भुल्न नसक्नेसमेत बताएका छन्। उनले ऊर्जा क्षेत्रमा अझै आवश्यकता रहेको हुनाले पुन: नियुक्ति हुनुपर्ने औल्याएका छन्।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ। उनले ऊर्जा क्षेत्रमा जे जति योगदान पुर्याएका छन्, त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन्, उनले भनेका छन्, नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङको योगदान अझै आवश्यक भएकाले उनको पुन: नियुक्ति हुनेछ भन्नेमा विश्वस्त छु।





















