काठमाण्डौं / नेपाल कम्यूनिष्ट पार्टीका प्रबक्ता एवं राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले कोभिड १९ ( कोरोना ) को प्रभावका कारण समस्यामा परेकालाई सहयोग गर्ने अभियान सुरु गरेका छन् ।
श्रेष्ठको नीजि सचिवालय अन्तर्गत रहने गरी कोभिड १९ भोलेन्टियर सर्भिस गठन गरिएको हो । स्वयं सेवा नाम दिइएर गठन गरिएको उक्त समितिले उपचार, उद्धार, मनोसामाजिक परामर्श, अपातकालिन स्वास्थ्य परामर्श, आप्रवासी श्रमिक उद्धार तथा सुरक्षित फिर्तीमा सहयोग गर्ने जनाएको छ ।
यस्ता सहयोग चाहिने ब्यक्तिले सिधै सचिवालयमा वा बिभिन्न ठाउँका ब्यक्तिलाई सम्पर्क गर्न सक्ने भन्दै सचिवालयले जनाएको छ । cvs.nkss@gmail.com मा सम्पर्क गर्न सकिनेछ ।
























