काठमाडौं / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता महाधिवेशन आगामी चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा हुने भएको छ।
शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले अध्यक्षद्वयको प्रस्ताव अनुसार एकता महाधिवेशनको मिति टुंगो लगाएको हो।
महाधिवेशन तयारीका लागि केन्द्रीय कमिटीको बैठक कात्तिक १५ गते देखि १७ गतेसम्म बस्ने भएको छ। यसअघि २०७६ माघ १५ देखि १९ सम्म काठमाडौंमा केन्द्रीय कमिटी बसेको थियो। महाधिवेशनका लागि आवश्यक कार्ययोजना तयार गर्न केन्द्रीय कमिटीको बैठक राख्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
दोस्रो केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको कार्यधिकार अस्पष्ट भएको भन्दै भएको भन्दै पार्टी भित्र विवाद सिर्जना भइरहेको थियो। यस्तोमा शुक्रबारको बैठकले प्रधानमन्त्री ओलीले सरकार र अध्यक्ष दाहालले कार्यकारी अधिकारसहित पार्टी सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।





















