काठमाडौं / पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १४ सय ५४ जना कोरोना संक्रमित बढेका छन्। थपिएको यो संख्या सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा जम्मा ६ सय ९६ संक्रमित थपिएका छन्। काठमाडौं मात्र ६ सय २० संक्रमित थपिएका छन्। त्यस्तै भक्तपुरमा ३८ र ललितपुरमा ३८ जना थपिएका छन्। आज देशभर १४ हजार ९ सय २५ सक्रिय संक्रमित रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा .डा. जागेश्वर गौतमले जानकारी दिए ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ९७२ जना कोरोना संक्रमण मुक्त भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ। यो संख्या कुल संक्रमितको ७१ प्रतिशत रहेको पनि गौतमले बताए। आज सम्मको तथ्यांकअनुसार देशभरमा १४ हजार ९२५ सक्रिय संक्रमित छन्।
देशभर क्वारेन्टाइनमा बस्नेहरूको संख्या ६ हजार ७८ छ। पछिल्लो २४ घण्टामा १० हजार ७०१ वटा पिसिआर परीक्षण भएको पनि प्रेस ब्रिफिङका क्रममा उनले जानकारी दिए।





















