जीवनको जन्म र अन्त पनि प्रकृतिकै नियम अनुसार हुन्छ । जीवन पनि प्रकृतिको वरदान हो तर पनि भौतिक संसारको नाममा हामी मानवले प्रकृतिलाई चुनौति दिई रहेका छौं । तरपनि हामी नेपाली भूगोल र नेपाली भूमीको आधुनिक पशुपंक्षी पालन तथा दिर्घकालिन आम्दानी दिने उन्नत कृषी खेती गर्न र गराउन सकिरहेका छैनौं ।
नेपाली भूमीको अंशमा रहेका हामी नेपालीहरु नेपाल र नेपाली माटोको सही प्रयोग तथा पहिचान नगरी वैदेशीक अध्ययन तथा रोजगारीकै लागि पैसाको सपना देखी वगीरहेका छौ र शहर केद्रित भएका छौं । हामी अधिकांश नेपालीका पुर्र्खौैली स्थान वा जन्म स्थान भनेको हिमाल, पहाड र तराई नै हो । हामी हाम्रा जन्मथलो वा पुर्खाको थलोहरुलाई अपमान गरी शहर वजारमा केन्द्रित भएका छौ। वा यस्ता पुर्खाका माटोको सदुपयोग नगरि मुल्गान फसेका छौं ।
हामी हाम्रो लागि नगरेर किन अर्काको लागि गर्न र मर्न राजी भएका छौ । नेपाली माटोको सदुपयोग गरी विदेशी वजारमा जता भए पनि मन, मुटु, नेपाली माटोलाई सदुपयोग गर्दा पनि वेफाईदा नभई फाईदा हुने निश्चित छ ।
नेपालले लोकल कागती वर्षेनी करिव ४ अरव जतिको विदेशवाट खरिद गर्छ । वाँस १६ प्रकारको हुन्छ र तरकारी खाने वाँसको तामा मात्रै वार्षीक करिव ४ अरव जतिको खरिद गर्छ । माछा तथा मासु २० अरव भन्दा वढिको खरिद गर्छ । दुध १५ अरव जतिको खरिद गर्छ । नेपालको भौगलिक विविधतामा सुहाँउदो लोकल कागती, सुन्तला, ज्यामिर, निवुवा, वेलौती, केरा, टिमुर, सलिटिमुर, चाक्सी, चिउरी, भूंई कटहर, रुख कटहर, अनार, अम्रीसो , वावियो , वांस लगाएतका वोटविरुवाहरु तर्फ हामी आकर्षीत हुनु पर्छ ।
हाम्रा पिता पुर्खाले आर्जेको स्थानमा स्थान विशेषको उचित स्थानमा यस्ता आधुनिक दिर्घकालिन आम्दानी दिने वोट विरुवा रोप्न र हुर्काई आम्दानी लिन तर्फ केन्द्रित हुन अत्यावश्यक छ । लसुन, प्याज, अदुवा, वेसार, तरुल, सखरखण्डा, पिडालु जस्ता स्थान विशेषमा हुने नियमित आम्दानीको श्रोत वनाउन हाम्रो मन लगाउन पर्छ ।
जल, जमिन र जंगललाई सुहांउदो आधुनिक खेती तथा पशुपंक्षी पालन, खनिज उत्खनन र जढिवुटीमा सरकारी वा नीजि क्षेत्रले सामुहीक रुपमा सदुपयोग गर्न तर्फ हाम्रा सम्वन्धित मन्त्रालय, विभागको साथै देशैभरका पालिकाहरुले आफ्ना पालिका भित्रका किसानहरुको आत्मनिर्भर जीवन वनाउन किसानहरुलाई आधुनिक खेती तथा पशुपंक्षी पालन गरी उत्पादक र उपभोक्ताको विचमा पुलको काम गर्न तर्फ तल्लीन हुन जरुली छ ।
त्यसैले हामी आफै आत्मनिर्भर वन्न स्थान विषेष अनुसार जरिवुटीमा कुरिलो, सर्पगन्धा, टिमुर, वेल, अलैचि, तेजपात, रिट्ठा , मह, लगायतका तमाम जडिवुटीहरु नेपालले गुन्दु्रकको मोलमा पठाएर सुनको मोलमा आयत हुन्छ । स्वास्थ्य, शिक्षाको नाममा कालोधनका मुहानहरु पनि फुटेका र फुटाईएका हुन्छन् ।
हामी काठ, दाउरामा पनि आत्म निर्भर छैनौं । आफ्ना पिता पुर्खाको रेखो पाखोमा जीवनलाई सदुपयोग गर्नु पर्छ । शहरमै वस्नु भए पनि आफ्नो जन्मभूमीलाई किन वाँझो वनाउनु हुदैन । यसमा ठाउँ अनुसारको आम्दानी मूलक वोट विरुवा लगाई वेलावेलामा रेखदेख गर्ने गर्दा जीवन पनि सुन्दर वनाउन सजिलो हुनछ ।
शहर वजारमा वस्ने वाध्यता शिक्षा, स्वास्थ्य तथा रोजगारको लागि हुन पनि हुन सक्छ तर पनि केही समय निकालेर वेल, रुदाक्ष, वर, विपल, श्रीखण्ड जस्ता धार्मीक रुख पनि हामीले हाम्रा भिर पाखामा लगाउन सक्छौं । पहाडमा नगदेवालीका श्रोत वढाउन र तराईमा माछा, दुग्ध व्यवसाय, वंगुर, वाख्रापालन, कुखुरापालन लगाएतका उचित व्यवस्था गर्न पनि कल्याण छ ।
फेरी परंपरागत खेतीले हाम्रो कृषि प्रदान देशका किसानहरुलाई निम्नवर्गमा समाहित गर्न आधार मिलाई दिएको छ । परंम्परागत तवरवाट खेतीपाती गर्दा जमीन वाँझो नरहने वाहेक कुनै उल्लेखनिय प्रगति हुदैन । पहाडको भू–भागमा जमीन ओरालो–भिरालो हुने हुँदा हिउँदको मौसममा राखेको मल वर्षाको मौसममा पखालिन्छ र वाढी पहिरो तथा भलको लागि नै पोष्टिक मल प्रयोग भई रहेको हुन्छ । त्यसैले पहाडी जग्गामा वोट विरुवा रुपी नगदे वालीलाई हामीले रोज्न उचित हुन्छ ।
तराइका उर्जनशिल क्षेत्रमा पनि परंपरायत धान ,मकै तथा गहुं अनि मसुर खेतीवाट कुनै देखिने गरी आवश्यक पर्दा काम टार्ने अवस्थाको आम्दानीको श्रोत वन्न सकिरहेको छैन । साहु र क्रणी श्रृजना गर्ने धन्दाकोे अन्त नभई आत्मनिर्भर नागरिक निर्माण हुन सक्दैन र आत्मनिर्भर नागरिक नभई समाजमा सामाजिक र पारिवारिक न्याय पनि हुदैन । यसको लागि पनि आधुनिक दिर्घकालिन आम्दानी हुने खेतीको आवश्यकता वढ्दै गई रहेको छ ।
फेरी २०७२ सालमा आएको महा भुकम्पक र वर्षेनी वर्षा याममा आउने वाढी पहिरो तथा कोरोना जस्ता सरुवा रोगव्याधीको कारण पहाडी हिमाली तथा तराईका भागमा अपुर्णीय क्षति पुगेको छ । प्रकृतीको क्षति प्रकृतीवाटै पुरा गर्नु पर्दछ । यसको उचित उपयोग गर्नको लागि तामावाँस, कटवाँस, भाँटेवास जस्ता वाँस प्रजातीका वोट विरुवा उपयोगि हुन सक्छ ।
अव सामुहिक वोट विरुवाको खेती तथा आधुनिक पशुपंक्षी तथा दिर्घकालिन आम्दानी दिने कृषी उपती गर्न आवश्यक छ । यसको लागि पनि सकरात्मक सोच र अनुसन्धान गर्ने सक्ने कावील वनस्पति विज्ञ तथा जिल्ला वन कार्यालयका श्रोतशक्ति समेतका सम्वन्धित अन्य कार्यालयहरुको सर सल्लाहा, समन्वय तथा सहयोग लिएर मानव जीवनलाई प्रकृतीमैत्री वनाउन आवश्यकता तथा अनिवार्यता छ ।
यसै सन्दर्भमा धादिङ्ग जिल्लाको साविक धुषा–२ र हाल वेनिघाट रोराङ्ग गाउ पालिकाको वडा नंं ७ मा रहेको धुषा चापटार अन्तर्गतका जग्गाधनि महानुभावहरु संग सल्लाहा र समन्वय गरि हरेक जग्गा धनी शेयरको रुपमा वस्ने वा आवद्ध हुन चाहाने स्थानिय व्यक्तिलाई शेयरमा अघ्राधिकार दिने वा भाडामा जग्गा पनि उपलव्ध गराउन सक्ने गरि हाल १५० देखि २०० रोपनी जग्गावाट सामुहिक आधुनिक पशुपंक्षी तथा कृषी खेती सुरु गर्ने योजना साथ योजनाको कामहरु भई रहेका छन् ।
आफै जन्मे, हुर्केको स्थानमा हामी यसै स्थानमा रहेका वा वाहिर भएर पनि जन्मभूमीलाई आत्मसाथ गर्न तल्लीन महानुभावहरुको सक्रीय सहभागितामा सामुहीक खेती गर्न हामी सम्वन्धित सवै जग्गाधनी वा ईच्छुक महानुभावमा अनुरोध पनि गर्दछौं । यसै गरी नेपालका हरेक क्षेत्रमा यस्ता आधुनिक सामुहीक खेतीवाट वढी लाभान्वित हुन र भूगोल अनुसारको सुहाउँदो आधुनिक दिर्घकालिन आम्दानी दिने खालका नगदेवाली वा रुख विरुवा जडीवुटी रोपण माटो र भूगोल सुहाउँदो आधुनिक कृषि पेशामा आवद्ध हुन सम्पूर्ण नेपाली माहानुभावहरुमा पनि अनुरोध गर्दछौं ।
घर–घर, टोल–टोल अनि समाज वाट आधुनिक खेतीका विषयमा छलफल गर्न र उचित छनौट गर्न पनि अनुरोध गर्दछौं । प्रकृतिको वरदान रुपी आधुनिक खेतीमा आवद्ध भई दिर्घकालीन लाभ लिन हामी यहाँहरुमा विशेष अनुरोध पनि गर्दछौं ।
हामीले नगरे कसले गर्ने अनि अहिले नगरे कहिले गर्ने भन्ने तर्फ पनि हामी सचेत रुपमा चिन्तन मनन गरि कार्यरुप दिन र दिलाउन पनि अनिवार्य आवश्यकता हुँदै गई रहेको छ । सवैमा प्रकृती प्रेमीमा चेतना हुन जरुरी छ ।
आधुनिक पशुपंक्षी तथा कृषी खेती जरुरी
आधुनिक पशुपंक्षी तथा कृषी खेती जरुरी
"जनआवाज अनलाईन "
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















