चितवन / चितवनमा कोरोना भाइरसका (कोभिड–१९)का बिरामीलाई रेम्डेसिभर एन्टिभाइरल औषधी प्रयोग गर्न थालिएको छ । भरतपुर अस्पताल, भरतपुर मेडिकल कलेज र चितवन मेडिकल कलेजले सो औषधी प्रयोग गर्न लागेका छन् ।
कोरोना भाईरसका बिरामीलाई यस औषधीले केही राम्रो गर्न थालेपछि भरतपुर अस्पतालले पनि बिहिबार देखि प्रयोग गर्न थालेको अस्पतालका फिजिसियन डाक्टर कल्याण सापकोटाले जानकारी दिनुभयो ।
सरकारले कोरोना भाईरसका बिरामीलाई रेम्डेसिभिर एन्टिभाइरल औषधी प्रयोग गर्न अनुमति दिएपछि प्रयोग गर्न लागेका हन् ।





















