वि. सं २०७७ भाद्र महिना कृष्ण पक्ष आश्विन कष्णपक्ष इ. सं. २०२०. सेप्टेम्बर १० तारिख. ने. सं . ११४० को लागि कृष्ण अष्टमी तिथि ३ .५१ बिहान सम्म तत्पश्चात् नवमी तिथि प्रारम्भ भएकाले अहिले सबैजना हामीहरू नवमी तिथिमा छेोँ।आज तपाईँहरू प्रति राशिफलको बारेमा बताउँछु।
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) तपाईँको द्वितीयभावमा प्रकाशवान् चन्द्रमा गोचरमा छ।तपाईँको बोली तथा वाणीको प्रभावमा वृद्धि हुनेछ। उत्तमभोजन प्राप्त होला साथै धनलाभ पनि रहला।आफन्त तथा परिवारजनबाट साथ र सहयोग प्राप्त होला।
बृष (इ,उ,ए,ओ,बा,बि,बु,बे,बो) गोचरमा चन्द्रमा तपाईँको चन्द्रलग्नमाथी आएको छ।उक्त अवधीभरी तपाईँको दिन अनुकूल नै रहनेछ।सुख र आनन्द प्राप्त हुनेछ।वस्त्र,आभूषण तथा दाम्पत्य सुख आदि प्राप्त हुनेछ।मन प्रसन्न रहला।
मिथुन(का,कि,कु,घ,ङ,छ,के,को,हा) तपाईँको लागि उक्त अवधीभरी अनुकूल नरहला।तपाईँको अनावश्यक यात्रा तथा खर्च हुनसक्छ।आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनुहोला।व्यार्थको कार्यमा आफ्नो उर्जा,समय र पैसाको खर्च हुनसक्छ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) व्यापार व्यवसायमा लाभ प्राप्त होला।धनलाभ होला।उत्तमभोजन प्राप्त हुनसक्छ र सन्तानबाट पनि सन्तुष्टि प्राप्त हुनसक्ला।स्त्रीबाट पनि सहयोग मिल्न सक्छ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) कार्यसिद्धि होला,मानसम्मानमा वृद्धि होला।स्वास्थ्यले पनि साथ देला साथै उच्च अधिकारीबाट पनि साथ र हेोसला मिल्ला।तपाईँको कार्यको तारिफ हुनसक्छ।
कन्या ( टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) चन्द्रमा प्रकाशवान् भएर तपाईँको नवम भावको गोचरमा रहेको छ।तपाईँको लामो दूरीको यात्रा सफल रहनेछ।भाग्यले साथ दिनेछ।यो अवधीमा गरिएका हरेक यात्राहरू पूर्ण सफल रहनेछ।तपाईँको कार्यसिद्धि हुनेछ।उक्त अवधीमा धार्मिक स्थलहरूको भ्रमण तथा दर्शन गर्नु र दान दक्षिणाको लागि उत्तम समय रहनेछ।
तुला (रा,रि,रू,रे,रो,ता,ति,तु,ते ) स्वास्थ्यको ख्याल राख्नुहोला।मन अशान्त रहनेछ। कष्ट,रोग,घाटा,आकस्मिक संकट आदिको भय रहन्छ।
बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यी,यु)धनलाभ प्राप्त हुनसक्छ।व्यापार व्यवसायमा सन्तुष्टिजनक नतिजा प्राप्त हुनसक्ला।दाम्पत्य सुख र आफ्नो पार्टनरबाट सुख प्राप्त हुनेछ।सुखद यात्रा पनि हुनसक्ला।स्वास्थ्यले साथ देला।
धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे ) (मन प्रसन्न रहला।धन र स्वास्थ्य लाभको साथै सुख प्राप्त होला।शत्रुमाथी विजय प्राप्त हुनेछ।तर यो समयावधीमा व्यायमा वृद्धि हुनसक्छ।
मकर(भो,जा,जि,जु,जे,जो,खा,खि,खु,खे,खो,गा,गी) पढाइ तथा प्रेममा सफलता,मन प्रसन्न रहला ।रचनात्मक तथा कलाकारितामा मन जाला,सन्तानबाट सन्तुष्टि प्राप्त होला।
कुम्भ(गु,गे,गो,सा,सि,सु,से,सो,दा) तपाईँको मन अशान्त तथ निराश रहन सक्छ।पारिवारिक कारणले मनमा चिन्ता तथा असन्तुष्टि रहला।यो अवधीभरी कसैसँग विवाद तथा झगडा नगर्नुहोला।
मीन(दि,दु,थ,झ,ञ,दे,दो,चा,चि ) सुख र धनको प्राप्ति हुनेछ।नयाँ वस्त्र प्राप्त हुनसक्छ।आफन्त तथा मित्र आदिबाट सहयोग र साथ मिल्ला।स्वास्थ्यले साथ देला र शत्रुमाथी विजय प्राप्त हुनेछ। पराक्रममा वृद्धि होला।तपाईँको समय उत्तम सिद्ध हुनेछ भने छोटो दूरीको सुखद यात्रा पनि हुनसक्छ।





















