काठमाडौं / काठमाडौं उपत्यकाभित्र बिहीबार देखि जोरविजोर लागू गरेर यातायातका साधन चल्न दिइने भएको छ ।
अन्य क्षेत्रका लागि भने भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहनेछ । उपत्यकाका तीनै जिल्ला प्रशासनले लगाएको निषेधाज्ञाको अवधि बुधबार मध्यरात सम्म छ ।
भदौ ३ गते देखि काठमाडौं उपत्यकामा लागु गरिएको निषेधाज्ञा यातायात र व्यापार व्यवसाय क्षेत्रका लागि मात्रै बिहीबार देखि खुल्ने भएको छ । तर काठमाडौं उपत्यका प्रवेश गर्ने सवारी साधनहरुका लागि भने पहिलेकै प्रावधान लागु गरिनेछ ।
शैक्षिक संस्था, फिल्म हल र जिम खाना लगायत यसअघि बन्द गरिएका क्षेत्र नयाँ निर्णय नभएसम्म बन्द नै रहने छन् ।
सार्वजनिक र निजी यातायातमा जोरबिजोर लागू गर्ने र व्यापार व्यवसायलाई शर्त सहित खोल्न दिने टुंगोमा प्रशासन पुगेको छ । यस अघि पनि प्रशासनले अन्तर जिल्ला यातयातका साधनहरु चल्न दिइएको थियो । पहिले जस्तै स्वास्थ्य सुरक्षा सतर्कता अपनाउने गरी यातयातका साधन चल्न पाउने छन् ।





















