चितवन / परदेशमा रहेर पनि विगत लामो समयदेखि साहित्यको मुक्तक विधाको उन्नयन र विकासका लागि विभिन्न कामहरू गर्दै आउनु भएका र, साहित्यको मुक्तक विधामा कलम चलाउँदै समाजलाई आफ्नो कलमले मुक्तकमा चित्रण गर्दै आउनु भएका र मुक्तक लेखन मा निकै अब्बल मुक्तककार सबैको मन मुटुमा बस्न सफल बझाङका मुक्तककार दिनेश धामीको मुक्तक सङ्ग्रह आधा जीवन, प्रकाशन हुने भएको छ।
जसमा तीन सयभन्दा बढी मुक्तक रहनेछन् प्रवासमा बसेर पनि नेपाली साहित्यलाई माया गर्दै मुक्तक विधालाई माथि उठाउनको लागि दिनेश धामीले महत्त्वपूर्ण भुमिका खेलिरहनु भएको छ। नेपाली साहित्यको मुक्तक विधा पनि एक रस गर्नुपर्छ भनी विगत एक दशकदेखि निरन्तरता दिँदै कलम चलाउँदै आउनु भएको छ।
तपाईंको मुक्तक सङ्ग्रह आधा जीवन मुक्तकको एक दस्तावेज बनोस् , सम्पुर्ण मुक्तक प्रेमिहरूको मनमा बस्न सफल होस् । सुदुरपश्चिम मुक्तक मञ्च भारतका अध्यक्ष बरिष्ठ मुक्तककार दिनेश धामीलाई हार्दिक बधाई तथा तथा अनगिन्ती शुभकामना !
उहाँको केही मुक्तकहरु
थरीथरीका बहाना बनाइ कंगाल भनेर
कसरी पाल्छस के छ कमाइ कंगाल भनेर
उसैको श्रीमान आज सहयोग माग्न आछ
जस्ले छोडेकी थिई मलाई कंगाल भनेर।
बढ्दै जाने छ चिन जान, मलाई थाहा थियो
भेट्ने छौ म भन्दा धनवान,मलाई थाहा थियो
यसकारण तिम्रो बन्ने सपना कहिल्यै देखिनँ
आफ्नो स्तर,तिम्रो उडान,मलाई थाहा थियो
हुनेछ एकदिन पर्दाफास ,समयले बताउँनेछ
सत्य तथ्य कुरा खास,,समयले बताउँनेछ
भन्नलाई त ,तिम्रो लागी ज्यानै दिन्छु भन्छौ
माया हो या,यौन प्यास ? समयले बताउँनेछ
पाइँने हैनन् जोतेर बारी कहाँबाट ल्याउछौ ?
सीता जस्तै सभ्य नारी कहाँबाट ल्याउछौ ?
छोरी हुँदा गर्भ मै फाल्नेलाइ मेरो एउटा प्रश्न ?
भन – तिमिले – बुहारी कहाँबाट ल्याउछौ ?





















