गोरखा / गोरखाको जिल्ला प्रशासन कार्यालयले अनिश्चितकाल सम्मका लागि सेवा बन्द गरेको छ ।
प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले सोमबार सूचना जारी गरी अर्को सूचना नहुञ्जेल सम्मका लागि कार्यालयबाट अत्यावश्यक सवारी सहजीकरण पत्र बाहेक अन्य सेवा नगर्ने जनाएका छन् ।
बिरामी उपचार, मृत्यू संस्कार, सरकारी काम काज तथा विदेश जानुपर्नेका लागि सवारी सहजीकरण पत्रका लागि इमेल मार्फत पत्र उपलब्ध गराउने सो सूचनामा उल्लेख छ ।
जसका लागि सवारी पासगोरखा एटजीमेलड टकममा इमेल मार्फत नै आवेदन दिन सेवाग्राहीलाई भनिएको छ ।
सूचनामा प्रमुख जिल्ला अधिकारीका सवारी चालक सहित जिल्लाभर १८ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएका कारण सेवा रोक्नु परेको जनाइएको छ ।





















