गोरखा / गोरखा भित्रने नाकामा मात्र होईन गोरखा बाहिरिने आँबुखैरेनी तर्फको नाकामा पनि प्रहरी परिचालन गरिएको छ ।
गोरखा नगरपालिका वडा नम्बर १३ मझुवाका एकै टोलमा धेरै जनालाई कोरोना संक्रमण पुष्टि भएपछि आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ ले चेकजाँचमा कडाई गरेको वडा सदस्य दिनेस केसीले बताए ।
‘नजिकको बजार आँबुखैरेनी भएकाले नाकाबाट आउजाउ भईरहँदा जोखिम हुने भएपछि केही दिनका लागि आँबुखैरेनी नाकामा कडाई गरिएको छ’ उनले भने । वडा कार्यालयले गोरखा नगरपालिका १३ मा कोरोना संक्रमितको अवस्था समान्य नहुँदा सम्म नाकामा कडाई गर्ने निर्णय गरेको उनले बताए ।





















